युवायुवतिहरुले नेताको दासता त्यागेर जागरुक बन्ने समय आएन र ?

३ वर्षs अगाडि

कृष्ण प्रसाद मरासिनी

घर,परिवार, समाज मात्र नभएर र राष्ट्रकै राजनैतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको महत्वपूर्ण योगदान गर्न सक्ने वर्ग भनेको युवा वर्ग नै हो । व्यक्ति, घर, गाउँ र समाजमा भएका विकृति विसङ्गति कुलत जस्ता घृणित कार्य अन्त्य गर्ने, शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो तर्फ बदल्नका लागि युवाको भूमिका अपरिहार्य छ। विश्वमा आजसम्म मानवले जे जति आविष्कार गर्न सक्यो त्यहीं मात्रमा राजनैतिक, सामाजिकलगायतका ठुला परिवर्तन भएका छन्, ती सबै युवायुवतीको सक्रिय सहभागिता र पहल कदमीमा मात्र सम्भव भएका छन् ।


यस अर्थमा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका नायक एवं संवाहक हुन् । नेपालमा भएका ठुला ठुला क्रान्ति र परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका छ । युवाहरूको भुमिकालाई लिएर चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले भन्नुभएको छ– “युवाहरू हो, यो संसार तिमीहरूको हो” तिमीहरू ले गर्न नसक्ने यो संसारमा केही छैन।


त्यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले भन्नुभएको छ “जुन देशमा युवाको संख्या अरु उमेर समूहको भन्दा अधिक हुन्छ ,त्यो देश कहिले गरिब हुन सक्दैन”। तर हाम्रो देशको उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबर्टमा परिणत गर्न खोजिएको छ ।


आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र हामी युवाहरुलाई प्रयोग गरिरहेका नेताहरुबाटै हामी युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झनै गम्भिर ,डरलाग्दो मात्र होइन कहालिलाग्दो स्थिति हो । “बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै ” यो उक्ति त्यत्तिकै बनेको होइन । हामी चाहे यूरोप वा अमेरिका जहाँ बसे पनि जहाँ गए पनी हाम्रो सोच परिवर्तन भएको छैन ।
हामी देश छोडेर परदेशमा परदेशि जीवन बिताउदै गर्दा पनि हामी युवामा आलोचनात्मक चेतनाको विकास भएको देखिदैन । आलोचनात्मक चेतनाले मात्र देश र समाजमा घट्ने विभिन्न घटना परिघटनामा सही र गलत छुट्याई तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । आज हामीले पार्टीको नेताको बोलीलाई आफ्नो आस्थालाइ आधार बनाएर रवर स्टाम्पको रुपमा अन्धभक्त सपोर्ट गर्दछौं। हामीलाई सहि र गलतको कुनै हेक्काहुदैन भन्ने कुरा नेकपा एमालेका युवा नेता भनिने महेश बस्नेतलाई पनि लिन सकिन्छ ।


ओलि बा भन्नुहुन्छ भने “धरहराबाट हामफाल्न तयार छु ” भन्ने अभिव्यक्तिले हामी जस्ता युवाहरुको शिर झुकेको छ । हामी युवाहरूलाई , आफु र आफ्नो कर्म माथि विश्वास छैन र नेताको साथ लिएर आफ्नो भविष्य खोजी गर्दैछौं । महेश बस्नेत त एक उदाहरण मात्र हुन । हाम्रो समाजमा यस्ता हजारौ पात्र छन चाहे ती ओलि ,माधब ,प्रचण्ड वा शरेबहादुरको बोलीलाई अमृत वाणी संझेर अन्धाधुन्ध विश्वास गरुन् । हामी नेता सँगको उठबस, अघिपछि, दायाँ वाँया रहँदा आफ्नो सान सम्झन्छौं । नेताका गलत गतिविधिका हरेक पाइला पाइलामा साथ दिन्छौं, थप्पडि मार्छौ र नारा जुलुस गर्छौ ।


बिचार नमिल्ने असल गतिविधिको विरोध तथा घोर निन्दा मात्र होइन घरमा जाउआउ प्रतिवन्ध गर्न समेत गर्न पछि पर्दैनौं। आखिर किन ? के को लागि ? तीनै नेताको निहित स्वार्थको लागि? नेताले सत्ता र कुर्सी पाएपछि के गर्दैछन त यो सबैका सामु घाम जत्तिकै छर्लङ्गै छ। उसको पहिलो प्राथमिकता आफन्त तथा आसेपासेलाई ठेक्कापट्टा ,जागिर लगाउने , सेटिङ्ग मिलाएर भ्रष्टचार कमिसन मार्फत पुर्खौं पुर्खालाई पुग्न्ने सम्पति कमाउने, काठमाडौंमा ठूला महल ठड्याउने आफुलाई धनी बनाउने ,देशलाई खोक्रो र कंगाल बनाउने गर्छन ।
आजसम्म जुनसुकै नेता सत्तामा आएपछि भएको यहि होइन ? तात्विक रुपमा कम र वेशिको मात्र कुरा होला ,अन्यथा “जुनै जोगि आए पनि कानै चिरेको “जस्तो भएको छैन ? आखिर हामी युवाहरु ले के पायौं ? आज हामी हजारौं युवाहरू खाडी ,दुवई ,कतार , यूरोप र अमेरिकालगायत देशहरुमा दिन प्रतिदिन पसिना बगाउन बाध्य छौं । स्वदेशमा श्रम पसिना बगाउने आशा मार्दै दिन प्रति दिन हजारौं प्रतिभाहरु विदेश पलायन भैरहेका छन् ।

हामी देश छोडेर परदेशमा परदेशि जीवन बिताउदै गर्दा पनि हामी युवामा आलोचनात्मक चेतनाको विकास भएको देखिदैन । आलोचनात्मक चेतनाले मात्र देश र समाजमा घट्ने विभिन्न घटना परिघटनामा सही र गलत छुट्याई तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । आज हामीले पार्टीको नेताको वोलीलाई आफ्नो आस्थालाइ आधार बनाएर रवर स्टाम्पको रुपमा अन्धभक्त सपोर्ट गर्दछौं। हामीलाई सहि र गलतको कुनै हेक्काहुदैन भन्ने कुरा नेकपा एमालेका युवा नेता भनिने महेश बस्नेतलाई पनि लिन सकिन्छ ।
ओलि बा भन्नुहुन्छ भने “धरहराबाट हामफाल्न तयार छु ” भन्ने अभिव्यक्तिले हामी जस्ता युवाहरुको शिर झुकेको छ । हामी युवाहरूलाई , आफु र आफ्नो कर्म माथि विश्वास छैन र नेताको साथ लिएर आफ्नो भविष्य खोजी गर्दैछौं ।


हामी युवाहरूका समस्या, बढदो बेरोजगारी ,युवाहरूको भविष्यको बारेमा कुनै नेताबाट कुनै ठोस पहल भयो ? युवाहरुलाई सम्बोधन गर्ने खालको नीति कार्यक्रम खोइ ? कुनै पनि राजनीतिक पार्टीको कुनै नेतामा हामी युवाहरुको समस्या सम्बोधन गर्ने खालको कुनै भिजन नै देखिदैन । छ त केवल झुठो आश्वासन र खोक्रो भाषण तथा सस्तो चुनावमुखी कार्यक्रम । हामी यूरोप अमेरिका एबं विकसित देशमा बसेर विकास र सिस्टम देखेका युवाहरू तिनै नेताको कुराको पछि लागेर अन्धभक्त बनि नेताको गलत कदमको पनि स्वार्थ अनुसार अर्थ लगाइ वोलीमा बोली मिलाउदै सहि थाप्ने जस्ता कार्यलाई प्रश्रय दिइरहेका छौं ।
यस्ता गतिविधिमा प्रश्रय दिइरहँदा यी नेताहरुको मनोबल उच्च बनाई रहेका छन । यस्ता कार्यले हामीले मातृभूमि र आफ्नै लागि वेइमानी त गरिरहेका छैनौं ? आफैलाई प्रश्न गर्न बेला आएको छ ।
कानुन, विधि,पद्धतिको कार्यान्वयनले अगाडी बढेका देशमा हामीले बसेर गरेका अनुभव र सिकेको ज्ञान यिनै हुन ? हामीले विवेकहीन भएर सही र गलतको नछुट्टयाइकन अन्ध भक्तिभाव देखाउदै जाने हो भने यस्तो नेतृत्वले देशलाई अझै वर्वादी तथा जटिल मोडमा पुर्याउने कुरामा कुनै शंका छैन । तसर्थ हामी युवाहरू जाग्नु जागरुक हुनु अत्यन्तै जरुरी छ । आज युवाहरुको लागि ठोस निति तथा कार्यक्रम आवश्यक छ । युवा मैत्री नीति , कार्यक्रम र रोजगारी श्रृजना नहुदा हजारौं युवा अरुको देशमा आएर अरुको काम र गुलामी गर्न बाध्य छौं ।
जवसम्म हामीले राजनीति पुर्बाग्रह बिना सहिलाई प्रश्रय र गलतलाई खबरदारी गर्न सक्दैनौं तबसम्म देशमा गलत प्रवृति र अराजकता हावी भैरहन्छ । त्यसैले आजैदेखि बोलौँ, सधै बोलौँ अनियमितता, भ्रष्टचार, लाचारीपन, ढिलासुस्ती, सामाजिक कुरीति, विभेद र अन्धविश्वास विरुद्ध । एकजुट भएर खबरदारीमा उठौँ युवा, जागौँ युवा, जुटौँ युवा । अब देखाउँ सबैलाई, जगाऔं सबैलाई र तताउँ सबैलाई ताकी कुनै पनि पार्टीले बहुमत र सत्ताको वलमा अराजक काम गर्न नसकोस ।
विवेकशील युवाको तागतले गलत प्रवृतिको निमूर्ल मात्र गर्दन कि असल र जागरुक समाजको निर्माणमा सहयोग पुग्नेछ । व्यक्तिबाट समाज, समाजबाट गाउँ बन्छ, गाउँ बनेमा जिल्ला र जिल्ला बन्यो भने मात्र प्रदेश र देश बन्न सक्छ । त्यसैले देशको विकास र समाजमा हुने विभिन्न खाले विकृतिहरु हटाउनका लागि युवाहरु नै अग्रसर हुनुपर्ने हुन्छ १ असल समाजबाट असल नेता निर्माण हुन्छ। असल नेताले मात्रै देशलाई सहि दिशामा लैजान सक्छ तब मात्रै हाम्रो देशको सर्वाङ्गिण बिकास हुन्छ । देश सर्वाङ्गिण बिकास तर्फ अगाडी बढेमात्र बिदेशमा भएका हामीहरु नेपाल फर्किने वातावरण बन्नेछ । हामीले बिदेशमा सिकेको सीप, ज्ञान नेपालमा प्रयोग गर्ने वातावरण बन्न सकेमा समग्र देशको विकासको मार्ग खुल्नेछ । तसर्थ युवाहरूको भाग्यको बिधाता हामी स्वयम् आफै युवाहरू हो ।

हामी यूरोप अमेरिका एव विकसित देशमा बसेर विकास र सिस्टम देखेका युवाहरू तिनै नेताको कुराको पछि लागेर अन्धभक्त बनि नेताको गलत कदमको पनि स्वार्थ अनुसार वोलीमा वोली मिलाउदै सहि थाप्ने जस्ता कार्यलाई प्रश्रय दिइरहेका छौं । यस्ता गतिविधिमा प्रश्रय दिइरहँदा यी नेताहरुको मनोवल उच्च बनाई रहेका छन । यस्ता कार्यले हामीले मातृभूमि र आफ्नै लागि वेइमानी त गरिरहेका छैनौं ? आफैलाई प्रश्न गर्न बेला आएको छ । कानुन, विधि,पद्धतिको कार्यान्वयनले अगाडी बढेका देशमा हामीले बसेर गरेका अनुभव र सिकेको ज्ञान यिनै हुन ?

त्यसैले आफ्नो भाग्यको निर्माणका लागि सत्य, न्याय र समानतामा आधारित समाज निर्माण पहिलो आवश्यकता हो । यसका लागि युवाले आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुदैन । परिवर्तन आफैबाट सुरु गरौ ,नेताको गलत कार्यको खवरदारी गरौं, पार्टी पार्टी बनाउने नेतालाई असल नेता बनाउने काम हाम्रो हो। पार्टी हाम्रा पेवा होइनन् न हामी जन्मिदा कुनै पार्टीमा थियौं वा मर्दा पार्टीका भएर मर्दछौं ? नेतृत्वको असल गुण र चरित्रका आधारमा छानौं । कुनै पार्टीको झोले होइन विवकशील युवा बनौं । आफूबाट शुरु गरौं । असल बनौं ।
(लेखक मरासिनी युरोप अर्घाखाँची समितिका उपाध्यक्ष हुन)

© 2022 All Right Reserved DiasporaNepal