भारतको व्यापार घाटामा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

एजेन्सी

भारतको व्यापार घाटा लगातार बढिरहेको छ । यसको अर्थ विदेशी मुद्रा सञ्चिति घट्दो छ जुन अर्थतन्त्रका लागि राम्रो होइन ।  जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ । 

जुनमा भारतको व्यापारिक व्यापार घाटा बढेर २५.६३ अर्ब डलर पुगेको छ । यो महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको थियो भने निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । 

त्यस्तै भारतको कोइला आयात तीन गुणाले बढेको छ । सुनको आयातमा पनि १६९ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड डलर नाघेको छ । पेट्रोलियम आयात पनि ९४.२ प्रतिशतले बढेको छ । गैरपेट्रोलियम आयातको अंश ४२.८४ अर्ब डलर रहेकोमा ३६.४ प्रतिशतले बढेको छ । अर्कोतर्फ चाँदीलगायत महँगो धातुको आयात पनि ३१.७ प्रतिशतले बढेको छ ।

© 2022 All Right Reserved DiasporaNepal