शर्मिला बर्देवाको “योमुटुको” सार्वजनिक

२ वर्षs अगाडि

दिनेशकुमार परियार

लण्डन । लामो समयदेखि लण्डनमा बसोबास गर्दैआएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “योमुटुको” सर्बजनिक भएकोछ।युवा गीतकार रबी मल्लले लेखेका र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको योमुटुको बोलको गीत शनिबार गायिका बर्देवाकोआफनै युटयुव च्यानलबाट रिलिजगरिएको हो। शर्मिला बर्देवा अफिसियल युटुब च्यानलबाट रिलिज भएको योमुटुको म्युजिक भिडियो निर्देशन भने बेलायतमै बसोबास गर्दै आएका कलाकार तथा नृत्य निर्देशक प्रभु गुरुङले गरेका छन्।भिडियोमा सलिना थापा मगर र सरोज केसीलगायत सुदेश गौचन र नरबहादुर गुरुङको अभिनय रहेको छ। भिडियो छायाँकन र सम्पादन दुवै सुमन श्रेष्ठले गरेका हुन। भिडियोको कलर ग्रेडिङ नवीन निरौलाले गरेका छन भने श्रृङ्गार पुष्पा गुरुङले गरेकी छिन्। बर्देवाका पति सरोज परियारले भिडियोको निर्माण गरेका हुन।

दर्जनौ भ्युजिक भिडियोमा देखिएकी कलाकार सलिना थापामगरले हाल सालै मात्र सनम कुमार बैरागद्धारा निर्देशित चलचित्र कैदीको पत्रमा पनि अभिनय गरेकि छिन। पछिल्लो समयको लोकप्रिय सामाजिक संजाल टिकटोकमा सफल कलाकार सरोज केसीको भने यो पहिलो डेब्यु म्युजिक भिडियो अभिनय रहेकोछ।
कलाकार बर्देवा दुई दशक अघिदेखि आधुनिक, लोक, राष्ट्रिय गीतलगाएत नेपाली सिने जगतकी चर्चित तथा भर्सटाईल पाश्र्व गायिका समेतरहेकी छिन।उनले गायका दर्जनौं लोकप्रिय गीतहरु मध्ये आँखै माझलझली हितैको दौँतरी, फूलको जवाफ पत्थरले दिनेलाई, मेरोहजुरलाई केदिउँनी भेट, निलकाडा झै मनफुल्यो, रक्सीबेचे आलुबेचे, सरसर अलिओर, हिउँचुलीमा हिउंलगायत पाश्र्वगायनमा आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ, तस्वीर मै येस्तो,  बेहुली हुने रहर, कान्तिपुरिहो कि यो हो प्रेम नगरी, चोली टीम्मिक्कै, सुनको बिहानि, मनकि चरी उडिउडि, बेलाबज्यो कताकता जस्ता सयौं भन्दा बढी गीत चर्चित छन्।
स्वदेश छाडेर बिदेशीयता पनि गयिका बर्देवाले आफ्नो संगीत र भाषालाई निरन्तरता दिदै आएकी छिन्। उनलेआफ्नो स्वरले साथ दिएसम्म गीतहरु गाई नै रहने बताईन।यसअघि २०७३ सालमा पनि संगीतकार बसन्त सापकोटा र गीतकार नृपेश उप्रेतीको “मेरोठुम्कामा” बोलको गीतको म्युजिक भिडियोको सार्वजनिक गरिएको थियो।पछिल्लो पटक संगीतकार हरि लम्सालको संगीत अनि राजु बाबु श्रेष्ठको रचनामा थाहा छैन के के पाए के के गुमाए बोलको गितको भिडियो पनि गायिका बर्देवाकोआफ्नै युट्युव च्यानलबाट रिलिज गरिएको थियो।

© 2022 All Right Reserved DiasporaNepal