नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको हो ।

पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका छन् । बैठक तीन दिन चल्ने माओवादी केन्द्रले जनाएको छ ।  

© 2022 All Right Reserved DiasporaNepal