नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा क्यापटेन दीपुराज ज्वारचनलाई नियुक्त

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा क्यापटेन दीपुराज ज्वारचनलाई नियुक्त भएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी क्यापटेन दीपुराजलाई निमित्त महाप्रबन्धकमा नियुक्त गरेका हुन्।

गत कात्तिकमा मन्त्री आलेको सिफारिसमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो। कार्यकारी अध्यक्ष निलम्बनमा परेसँगै मन्त्री आलेले निमित्त महाप्रबन्धकको जिम्मेवारी क्यापटेन दीपुराजलाई दिइएको हो।

प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका दिपुराज विगत १३ वर्षदेखि निगमको व्यवस्थापकीय जिम्मेवारीमा छन्।

© 2022 All Right Reserved DiasporaNepal