दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिद गर्दा  पाँच सय रुपैयाँ क्यासब्याकदेखि दुई लाख रुपैयाँसम्मका उपहार 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिद गर्दा अधिकतम पाँच सय रुपैयाँ क्यासब्याकदेखि दुई लाख रुपैयाँसम्मका उपहार पाइने भएको छ।

नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रालिले उपभोक्ताहरूका लागि स्क्र्याच कार्डमार्फत हात खाली नहुने गरी उपहार योजना सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत ग्राहकले उपहारमा विद्युतीय स्कुटर, टेलिभिजन, वासिङ मेशिन, फ्रिज, इन्डक्सन चुलो, मिक्सर, ग्राइन्डर, स्मार्ट मोबाइलदेखि हात खाली नजाने गरी एक हजार रुपैयाँ, ७५० रुपैयाँ र पाँच सय रुपैयाँका नगद उपहार समेत प्राप्त गर्न सक्नेछन्। 

यसका साथै नेपालभरीका कम्पनीका आधिकारिक डिलरहरूलाई समेत उनीहरूका बिक्रीका आधारमा थुप्रै योजनाहरू सार्वजनिक गरेको छ।

दाहवा सिसिटिभी एवम् सुरक्षा उपकरणहरू युरोप तथा अमेरिकामा अत्याधिक रुचाइएको ब्रान्ड हो। यसको उपकरणहरू गुणस्तरीय, भरपर्दो, सस्तो र सुरक्षित रहेको कम्पनीको दाबी छ। 

उपहारसँगै बिध म्यानेजमेन्टले घर-टोल तथा अफिसमा जडान गर्न सकिने गरी सुलभ दरमा सिसिटिभीको प्याकेज समेत घोषणा गरेको छ। यसको सुरुवाती मुल्य २५ हजार रुपैयाँ कायम गरिएको छ। 

© 2022 All Right Reserved DiasporaNepal