भारतले फेरि  बढाएर पठायो पेट्रोलको मूल्य

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

भारतीय आयल निगम (आइओसी) ले नेपाल आयल निगमलाई बिहीबार नया मूल्य सूची पठाएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ। 

आइओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रूपैयाँ बढेको छ। योसँगै निगमको खरिद लागत प्रतिलिटर २०९.२८ रूपैयाँ पुगेको छ।

त्यस्तै डिजेल प्रतिलिटर १९.०३ रूपैयाँले बढेर निगमको खरिद लागत २०२.१६ रूपैयाँ पुगेको छ।

हाल नेपाल आयल निगम (एनओसी) ले पेट्रोल १७८ रूपैयाँ लिटरमा बेचिरहेको छ। एनओसीले पठाएको नयाँ मूल्य अनुसार नेपालमा भाउ नबढाउँदा पेट्रोलमा मात्र निगमलाई १५ दिनमा ९५ करोड घाटा लाग्ने जनाएको छ।

केही समयअघि निगमले पेट्रोल प्रतिलिटर १८० रूपैयाँमा बिक्री गरिरहेको थियो। जनदबाबपछि सरकारले हाललाई पेट्रोलियम पद्धार्थमा लिँदै आएको १० रूपैयाँ बराबर पूर्वाधार कर हटायो। योसँगै निगमले पनि पेट्रोलको मूल्य केही दिनका लागि घटाएर एक सय ७० रूपैयाँ कायम गरेको थियो। तर एक सातामै थप नोक्सानी बेहोर्न नसक्ने भन्दै मूल्य बढाएर १ सय ७८ रूपैयाँ कायम गरेको हो।

अहिले आएको नयाँ मूल्य सूचीअनुसार बिक्री मूल्य समायोजन गरिसकेको छैन।

डिजेलको भाउ पनि आइओसीले १९.०३ रूपैयाँ बढाएर पठाएको छ। योसँग अब निगमलाई डिजेल २०२.१६ रूपैयाँ लिटर पर्नेछ। बजारमा भने निगमले १६५ रूपैयाँ लिटरमा डिजेल बेचिरहेको छ।

अब डिजेलमा मात्र १५ दिनमा २ अर्ब ९१ करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ।

आइओसीको नयाँ मूल्य सूचीअनुसार हवाई इन्धन प्रतिलिटर १९ रूपैयाँ ९१ पैसाले बढेको छ।

अहिले निगमले (आन्तरिक) प्रतिलिटर १ सय ६८ रूपैयाँ ७० पैसा र (बाह्य) १ सय ४७ रूपैयाँ ८९ रूपैयाँमा हवाई इन्धन बिक्री गरिरहेको छ। हवाई इन्धनमा १५ दिनमा ६६ लाख रुपैयाँ घाटा हुने अवस्था छ। 

ग्यासको मूल्य बढेर नआए पनि प्रति सिलिण्डर २ हजार ५५ सय ५१ रूपैयाँमा किनेर १८ सय रूपैयाँमा बिक्री गरिरहेको निगमलाई यसमा एक अर्ब १४ करोड घाटा भइरहेको छ।

© 2022 All Right Reserved DiasporaNepal