थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो ।

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा  लेप्हाथानाले १९ रनको योगदान गरिन् ।​ बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले दुई–दुई विकेट लिइन् । त्यस्तै स्नेहा महराको नाममा एक विकेट हात पारिन् ।  

© 2022 All Right Reserved DiasporaNepal