नेकपा एकीकृत समाजवादी बेलायतका अध्यक्षमा कृष्ण तिवारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले प्रवासमा आफ्नो संगठन विस्तार गर्दै बेलायतमा कृष्ण तिवारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । आइतबार बेलायतको अल्डरसटमामा एकीकृत समाजवादीका नेताहरुको भौतिक र भर्चुअल रुपमा भएको बैठकले तिवारीको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति गठन गरेको हो ।
तत्कालिन एमाले निकट प्रवासी नेपाली मंच युकेका उपाध्यक्ष उमेश मोक्तानका अनुसार बैठकले तिवारीको नेतृत्वमा प्रवासी नेपाली एकता मंच युके (राष्ट्रिय संगठन)को घोषणा गरेको छ । मंच युकेको उपाध्यक्ष उमेशराज मोक्तान, महिला उपाध्यक्ष शुशिला राई, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्ष पुरुषोत्तम शर्मा, सदस्यहरु एसके गुरुङ, प्रकाश न्यौपाने, दिपक तामाङ , आयुष गुरुङ, नविन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, खुशि गुरुङ , दिपेन्द्र अधिकारी, अभिषेक कुटवाल, नोर्वु शेर्पा निर्विरोध छानिएका छन ।

नव गठित कार्यसमितिलाई प्रमुख अतिथि शाहले पार्टीको विधान अनुसार सपथ ग्रहण गराएका थिए । युरोप सचिव पोखरेल र प्रदेश नम्बर १ का सदस्य शुष्मा राईले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । प्रवासी नेपाली मंच युकेका पुर्व उपाध्यक्ष रामजी बराललाई कमिटिको सल्लाहकारमा मनोनयन गरिएको छ । बैठकमा ओएनएफ युकेका वरिष्ठ उपाध्यक्ष बराल भुर्चअल उपस्थित भएका थिए । त्यस्तै, प्रमुख अतिथि प्रवास प्रमुख श्री प्रसाद शाह र विशेष अतिथि युरोप सचिव शुभाष पोखरेल पनि भर्चुअल रुपमा जोडिएका थिए । नेपालबाट भर्खर बेलायत आउनु भएकी नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ की सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य शुष्मा राई भौतिक रुपमा उपस्थित थिइन ।
एकीकृत समाजवादी बेलायतको नेतृत्व लिदै अध्यक्ष तिवारीले आफुलाई विश्वास गरेर सर्वसम्मत ढंगले जिम्मेवारी दिएकोमा हार्दिक आभार व्यक्त गरेका छन । उनले पार्टीको योजना, कार्यदिशा र जनजीविको विषयलार्इ लिएर जनतामाझ प्रस्ट्याउदै अघि बढ्ने हो बताए । जबजको उपलब्धिलार्र्इ रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष तिवारीले आगामी दिनमा सबै पक्षबाट सहयोगको अपेक्षा गरे ।
कार्यसमितिमा रहनु भएका साथीहरुको सल्लाह, सुझाब र सामुहिक स्वार्थको योजना अनुसार अघि बढ्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

प्रदेश नम्बर १ की सदस्य शुष्मा राई अध्यक्ष तिवारी र महासचिव खतिवडाको विचमा
© 2022 All Right Reserved DiasporaNepal