एनआरएनए अध्यक्ष पदमा डा.केसीको उम्मेदवारी घोषणा अघि पत्रकार सँग सुझाब अन्तरक्रिया

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा अघि शनिवार पत्रकारहरु सँग सल्लाह र सुझाब लिएका छन । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर २३ २५ मा हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा औपचारिक रुपमा केही दिनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका हुन् ।

डा केसीले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिने बताए । डा. केसीले संस्थागत सुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधी, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाउदै आएका छन् ।

२००३ देखि एनआरएनको महाअभियानमा जोडिएका डा. केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका थिए । उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसीसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भएका थिए ।

सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी दिने छन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा बैक, हाइड्रो, होटल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी रहेको छ । अक्टोवर २३ देखि २५ सम्म हुने अन्तरराष्ट्रिय अधिवेशनले संघको २ वर्षको लागि नयाँ नेतृत्वको चयन गर्नेछ । अध्यक्ष पदका लागि अमेरिकास्थित रविना थापा र बेलायतका व्यवसायी कुल आचार्यलेसमेत उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, औपचारिक रुपमा तीनै जना उम्मेदवारले घोषणा गर्न सकेका छैनन्।

© 2022 All Right Reserved DiasporaNepal