एनआरएनए कार्यसमितिको प्रत्यक्ष बैठक : एमओयु गरेर आइसीसीमा रकम पठाउने निर्णय

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय संघ (एनआरएनए) बेलायतले एमओयु गरेर अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा रकम पठाउने निर्णय गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा आइतबार अल्डरसटमा बसेको कार्य समितिको चौथो प्रत्यक्ष बैठकले युकेले आइसीसीमा तिर्न वाँकी रकम पठाउने निर्णय गरेको हो । गत मार्चमा एनआरएनए यूकेको बैठकले निर्णय गरे बमोजिम आइसीसीसँग आइसीसीसंग एमओयु गरेर मात्रै सदस्यताबापत संकलित लेवि आइसीसीलाई पठाउने निर्णय भएको महासचिव खुशी लिम्बुले बतए । आइसीसीमा रकम पठाउनु अघि एनआरएनए यूकेको मेघा प्रोजेक्ट नेपाल हाउस निर्माण वा खरिद गर्ने प्रकृया सुरु गरिसकेको अवस्थामा पञ्जिकृत सदस्यहरुबाट गत बर्ष २०२१ सदस्यता बापत संकलित युके राख्न पाउँ भन्दै एक पटक मिनाहाका लागि आइसीसीलाई अनुरोधपत्र पठाउने समेत निर्णय गरेको छ ।

महासचिव खुशी लिम्बुले संचालन गरेको बैठकले एनआरएनए यूके प्रतिबद्धता गरेअनुरुप शुल्क बुझाउने वातावरण बनाउन कोषाध्यक्ष विष्णु खरेललाई जिम्मा दिइएको छ । त्यस्तै,
स्कटल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष काँशीराम भण्डारीलाई प्रतिबद्धता अनुरुप रकम उपलब्ध गराउन अनुरोध गरिएको निर्णयमा उल्लेख छ । त्यस्तै गोर्खा विभाग सहसंयोजक भीम सारुले दिनु भएको ३०० वटा टाइ संकलन गर्न कार्यसमिति सदस्यहरु चम्पा थापा मगर र पदम शाहीलाई जिम्मा दिइएको छ ।

एनआरएनए यूकेले बेलायत भ्रमणमा रहेका वैज्ञानिक तथा समाजसेवी डा. महावीर पुनसंग आगामी ३ जुन २०२२ मा एक अन्तरकृया गर्ने भएको छ । उक्त अन्तरकृया कार्यक्रमको संयोजन गर्ने जिम्मा उपाध्यक्ष गोविन्द खरेललाई दिइएको छ । त्यस्तै, आगामी जुन ४ अल्डरसटमा हुने गोर्खा कप फुटबल प्रतियोगितामा हेल्थ क्याम्प (स्वास्थ्य शिविर)राख्ने भएको छ । उक्त कार्यका लागि स्वास्थ्य विभाग संयोजक विशाल गुरुङलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, बैठकले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टको लागि रशमूर बरोका काउन्सिल लीडरहरुलाई एनआरएनए यूकेको कार्यालयमै निमन्त्रणा गरी एक विशेष अन्तरकृया तथा परामर्श कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमको संयोजन अध्यक्ष गाहामगरले गर्नेछन् ।
बैठकले एनआरएनए यूकेले आगामी अगस्ट ६ मा गर्ने बार्षिक साधारण सभा (काउन्सिल बैठक) गर्ने र उक्त अवसमार एनआरएन भ्वाइसको नयाँ अंक प्रकाशन गर्ने निर्णय गरेको छ । एनआरएन भ्वाइसको नयाँको अंक प्रकाशनको संयोजनको जिम्मेवारी उपाध्यक्ष राम चन्द्र पोखरेल र सम्पादनको जिम्मेवारी महासचिव खुशी लिम्बू र प्रवक्ता भरतमणी चोङबाङलाई जिम्मा दिइएको छ ।
बैठकले एनआरएनए यूकेको बैंक वेलफेयर अकाउण्ट वन्द भएको र खातामा रहेको करिब २६,००० पाउण्ड पूर्व अध्यक्ष पूनम गुरुङ तथा पूर्व कोषाध्यक्षहरुसंग सम्पर्क गरी उक्त रकमको खोजी गर्ने जिम्मा वर्तमान उपाध्यक्ष नारायण कँडेल र कोषाध्यक्ष विष्णु खरेललाई दिइएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि नेपालमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बेलायतबाट सहभागी हुन इच्छुक खेलाडीहरुलाई टिकट खर्च एनआरएनए यूकेले उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

एनआरएनए यूकेले वेभसाइट र डेटाबेस पोर्टल (सदस्यहरुको व्यक्तिगत विवरण राख्ने प्रणाली) निर्माणको लागि आइ.टी. कोअर्डिनेटर आवेश राईलाई पारिश्रमिक वापत पैसा उपलव्ध गराउने भएको छ । अल्डर्शटस्थित आमा समूहले एनआरएनए यूकेको कार्यालय हरेक सोमबार प्रयोग गर्न दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले एनआरएनएको कार्यालयमा राजदूतावासको घुम्ती सेवा उपलब्ध गराई पाऊँ भनी नेपाली राजदूतावासलाई पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले गत २४ अप्रिल २०२२ को दिन कोभेण्ट्री निवासी रामप्रसाद सुवेदी परिवारलाई ५०० पाउण्ड प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचनको सन्दर्भमा राज्य समन्वय परिषद्का उम्मेदवारहरुबाट लिएको उम्मेदवारी शुल्क ५० प्रतिशत फिर्ता गर्ने निर्णय गरेको छ । पूर्व निर्णयअनुसार स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड राज्य समन्वय परिषद्ले रकम फिmर्ता पाउनेछन् । राज्य परिषदहरुलाई प्रत्येक काउण्टी काउन्सिल गठन गरेबापत सम्बन्धित लागतखर्चका लागि सहयोग स्वरुप एनआरएनए यूकेले ३०० पाउण्ड प्रदान गर्ने भएको छ ।

निकट भविष्यमा मिडल्याण्डमा हुने गोल्डेन एभरेस्ट क्रिकेट प्रतियोगितालाई एनआरएनए यूकेद्धारा आयोजना गर्ने गरी एनआरएनए क्रिकेट टुर्नामेण्टको जिम्मेवारी कार्यसमिति सदस्य हिरा सापकोटालाई संयोजन गर्ने जिम्मा दिइएको छ । त्यस्तै, अर्का कार्यसमिति सदस्य उपेन्द्र पौडेलेको संयोजकत्वमा मिडल्याण्डमा एनआरएनए मेला आयोजना गरिने निर्णय समेत भएको छ ।

स्मरण रहोस्, एनआरएनए यूकले काठमाण्डौंस्थित केन्द्रलाई २०२१ को अधिवेशनताका आफ्ना ११,४७३ जना सदस्यहरुबाट उठेको झण्डै ४३ हजार पाउण्ड स्टर्लिङ पठाउन बाँकी छ ।

© 2022 All Right Reserved DiasporaNepal