कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले सुरूआती अग्रता

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।

रातिदेखि नै मतगणना सुरू भएको कानेपोखरीमा एमालेकी राजमती इङ्नामले अग्रता लिएकी छन्। उनले ५१६ मत पाएकी छन्। उनलाई नेपाली कांग्रेसका सञ्जय भट्टराईले ३२२ मतसहित पछ्याइरहेका छन्।

कानेपोखरीमा २०७४ सालमा पनि प्रमुख र उपप्रमुख दुबै पद एमालेले नै जितेको थियो । यसपटकको चुनावमा यहाँ एमाले, कांग्रेस र माओवादी तीनै दल एक्ला एक्लै चुनाव लडेका छन्।

पछिल्लो मतगणनाको परिणाम यस्तो छ :  

अध्यक्ष- 
राजमती इङ्नाम – ५१६ एमाले
सञ्जय भट्टराई – ३२२ काङ्ग्रेस
सूर्य धिमाल – २१५ माओवादी

उपाध्यक्ष

भोला अधिकारी – ५४४ एमाले
मनकुमारी गुरुङ – ३९७ काङ्ग्रेस
तारा ओझा – १०२ माओवादी

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us