गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्दा एक जान कर्मचारी घाइते 

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्दा एक जान कर्मचारी घाइते भएकी छन्।

स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि) मा गोली चल्दा निर्वाचन गराउन खटिएकी २२ वर्षीया मनिषा थापा घाइते भएकी हुन्। 

उनको घुँडामुनि गोली लागेको निर्वाचन अधिकृत खिमानन्द गौतमले जानकारी दिए।

गौतमका अनुसार घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको छ। उनको  अवस्था सामान्य छ।

मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएपछि मतदान सकिएको बेलामा अज्ञात व्यक्तिले गोली चलाएको निर्वाचन अधिकृत गौतमले सेतोपाटीलाई जानकारी दिए।

गोली चलाउने व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए। यसैबीच जिल्ल प्रशासन कार्यालय गोरखाले घटनास्थलमा नेपाली सेनाकोसहित थप सुरक्षाकर्मी परिचालन गरेको छ। निर्वाचन अधिकृतका अनुसार मतदान कार्य सकिएको समयमा घटना भएको हो। ‘निर्वाचन कार्यक्रम सकेर बाक्सा मिलाउने क्रममा अज्ञात समूहले गोली चलाएको हो, मतदानको कार्यक्रम सकिएको छ’, उनले भने।
 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us