मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

p:BBC

स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए। 

वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो।

अखलाबासको मतदाता मतदान केन्द्र पुग्न हिँडेर करिब डेढ घण्टा लाग्ने स्थानीयले बताएका छन्। मतदान केन्द्र टाढा भएकाले जीप चढेर उनीहरू मतदान केन्द्रतर्फ गएका थिए।

मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको सनाखत हुन बाँकी छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us