रामेछापमा प्रहरीले हवाई फायर

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ। 

खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो। झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए।

झडप पछि  राकाथामा मतदान केन्द्रको मतदान प्रभावित भएको छ।

यस्तै दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप भएको छ।

बाहिर झडप भए पनि भित्र मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिए।
 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us