आज शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०३ वर्ष पुगेका छन्।

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्वीर:यमुना भण्डारी

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०३ वर्ष पुगेका छन्।

वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी आज १०३ वर्षमा प्रवेश गरेका हुन्।

जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।  उनको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन्। 

पछिल्लो समय उनको स्वास्थ्य अवस्था त्यति राम्रो छैन। त्यसकारण उनले जन्मदिन कुनै कार्यक्रम गरी मनाउन नपाएको बताए। 

त्यस्तै चुनावका कारण पनि उनका शुभचिन्तकहरूले उनीकहाँ पुगेर शुभकामना दिन पाएनन्। 

जोशी आफैं पनि अस्वस्थताका कारण निर्वाचनमा सहभागी हुन सकेका छैनन्।

‘भोट दिन नपाएकोमा दुःख लागेको छ,’ शुक्रबार सेतोपाटीसँग उनले भने, ‘बिरामी भएँ। अरूले सहयोग गर्छु भनेका थिए। तर भोट भनेको गोप्य हो। त्यसैले सहयोग लिन खोजिनँ।’

सधैंजसो औपचारिक कार्यक्रम गरेर जन्मदिन मनाउने गरेका उनी यसपालि भने बिस्तारामै आराम गरिरहेका छन्।

जोशीले भने, ‘अझै राष्ट्रका लागि केही गर्न पाए हुन्थ्यो भन्ने छ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us