दोलखाको बैतेश्वरमा तनाव, मतदान स्थगित

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।

पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत गरेको पौडेलले जानकारी दिए।

उनले मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको बताए।

मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस-एमाले कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका थिए।

वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन्।

अहिले सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने प्रयास भइरहेको डिएसपी पौडेलले जानकारी दिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us