मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै  पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध दिइएको लिखित उजुरी

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध दिइएको लिखित उजुरी दरपीठ भएको छ। 

सरकारी साधनको दुरूपयोग गरी मतदातालाई प्रभाव पार्ने काम गरेको भन्दै नेकपा एमालेका कार्यकर्ता अस्मिन घिमिरे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गर्न पुगेका थिए। 

प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले आचार संहिताको कुनै प्रवाह नगरी भरतपुर महानगरपालिका र माडी नगरपालिकाका मतदाताको घर-घरमा पुगेर प्रभाव पार्न खोजेको आरोप उजुरीमा उल्लेख  थियो।  

श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको दाबी गर्दै छानबिन गरी रोक्न र आचार संहिता उल्लंघन गर्नेलाई कानुनअनुसारको कारबाही गर्न माग गरिएको थियो।

‘तर मेरो उजुरी प्रमाण पुगेन भन्दै दर्ता गरिएन। सरकारी गाडीको लावालस्कर लिएर प्रचण्ड घुमिरहेको भिडिओ नै लिएर निर्वाचन कार्यालय पुगेका थियौं,’ घिमिरेले भने, ‘राज्यशक्तिको चरम दुरूपयोग भएको देख्दादेख्दै पनि निर्वाचन कार्यालयले छुट दिइराखेको छ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us