माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच  झडप

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ। 

मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो।

जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो।

उक्त झडपमा परि पाँच जना घाईते भएका छन्।

घाईते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन्।

डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट छ।  बुढा र घर्तीको टाउकोमा चोट छ ।

इते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले सेतोपाटीलाई जानकारी दिए। 

यसैबीच पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई पक्राउ गरेको छ। 

चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगातलाई पक्राउ गरेको डिएसपी सोतीले जानकारी दिए। 

उनीहरुको साथबाट तीन थान खुकुरीसमेत बरामद भएको छ। 

प्रहरीले नियन्त्रणमा लिनुअघि माओवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us