बेलायतबाट सुर्यमा मतदान गर्न एमाले नेता कंडेलको आव्हान

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । प्रवासी नेपाली मंच युके, सल्लाहकार समिति अध्यक्ष रबिन्द्र कंडेलले सुर्य चिन्हमा मतदान गर्न आव्हान गरेका छन । लामो समयसम्म एमालेको नेतृत्व तहमा रहेर काम गरिसक्नु भएका नेता कंडेलले मतदातालाई सार्वजनिक रुपमा आव्हान गर्दै पर्सी हुने स्थानीय तहको निर्वाचनमा सुर्य चिन्हमा मत मागेका हुन ।

बिज्ञप्ती

नेकपा (एमाले)मा लाखौँ जनताको जीवन र जनजीविका सवाल जोडिएको छ । पार्टी जीवनमा आरोह अवरोह आउने बिषय स्वभाविक र तत्कालिन महासचिव मदन भण्डारीले भन्नु भए जस्तो गलत व्यक्तिहरुको हातमा नेतृत्व र्न सक्छ । केही काल खण्डका लागि नेतृत्वमा आउने व्यक्तिको अनुहारलाई हेरेर समग्र पार्टीको मुल्यांकलन नगरि पार्टीप्रति बफादार भई जीवनका उर्जाशिल समय समर्पण गरेका असल, इमान्दार, मेहनती र समाज परिवर्तनका वाहक नेता र कार्यकर्ता स्थापित गर्न हामी चुक्नु हुदैन ।
पाँच बर्षमा एक पटक निर्वाचित गराउने अधिकार जनताको हातमा आएको छ । विगतका तिता मिठा बिषयहरुलाई एक साथ लिएर अघि बढनुको विकल्प हामी संग छैन । एमालेमा इमान्दार नेताहरु विस्थापित हुदै जाने र नेतृत्वको चाकडी बजाउने र गुटको साघुँरो घेरामा पार्टीमा राख्न खोज्ने केही व्यक्तिहरु अपबादका रुपमा देखापरेका छन । एमालेमा लाग्ने धेरै ठूलो संख्यामा नेता कार्यकर्ताहरू आम रूपमा ईमान्दार नै छन्।
पार्टीले समग्र बाम आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अबसर गुमाएको कारणले धेरै नेता कार्यकर्ताको भावनामा गहिरो दुख लागेको छ । ठुलो संघर्षमार्फत स्थापित संघीय गणतन्त्रात्मक संविधान र लोकतान्त्रिक उपलब्धि जोगाउने पहिलो खुट्किलो भनेकै आवधिक निर्वाचन हो । निर्वाचन र पार्टी प्रति हामीले उत्साह देखाउन सकेनौ भने विस्तारै पार्टी र लोकतन्त्र नै संकटमा पर्ने निश्चित छ। आपसका असमझदारीहरु स्थानीय तहको निर्वाचनपछि छलफल र बहस गरौँला।

अहिलेलाई भने बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा हरियो सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का उम्मेद्वारहरूलाई विजयी गराउन र त्यस कार्यमा सहयोग गरिदिनु हुन डायस्पोरामा रहेका आफन्तहरु तथा नेपालमा रहनु भएका मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु। लोकतान्त्रिक आन्दोलनमा लागेर एमाले र मैले पार्टीलाई यहाँसम्म ल्याइपुर्याउन खेलेको भुमिकाको स्मरण गर्दै स्थानीय तहमा एमालेको सुर्य झण्डालाई चौतर्फी फहराउने गरि मतदान गरि दिनु हुने अपेक्षा गरेको छु । धन्यबाद ।

रबिन्द्र कंडेल
अध्यक्ष, सल्लाहकार समिति
प्रवासी नेपाली मंच, युके

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us