सामूहिक नेतृत्वमा एनआरएनए अभियान अघि बढ्नु पर्छ : एनआरएन यूके उपाध्यक्ष रामचन्द्र पोखरेल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

गैर आवासीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन र महाधिवेशनमा देखिएको विवादपछि एनआरएन यूकेमा समेत दुई धार देखिएको छ। एनआरएन यूकेका महासचिब समेत रहेका खुशी लिम्बुले आफ्नो पदीय मर्यादा एवं सामाजिक अनुशासन समेतको ख्याल नगरि सामाजिक संजालमा गाली गलौजमा उत्रिएपछि कार्यसमितिमा निराशाजनक स्थिति सिर्जना भएको हो।

खुशीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आफ्नो रिस यसरी पोखे :

३ मे २०२२ – “एउटालाई ३-३ बर्ष बोकेर हिंडियो, नामर्दले अन्तमा काँधमा छेरिदियो। अझै शरीर दुङ्दुङ्ती गन्हाइराखेको छ। अब बोकेकाहरू त झन् पिशाच परे कि क्या हो? न कुनै कार्यक्रम, न चिट्ठी पत्र, न फोन उठ्छ। कस्तो निराशाजक स्थिति”

९ मे २०२२ – गैर आवासीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय समन्वय परिषद्लाई पठाएको इमेलका बारेमा फेसबुक मार्फत यसरि टिप्पणी गरे : “लेख्नीलाई भन्दा नि पढ़नीलाई लाज” छि! छि!! छि!!! तीन-तीन जना अध्यक्ष, २ महासचिव, ८ कोषाध्यक्ष र महिनामा १० लाख खर्च हुने सचिवालयबाट प्राप्त पत्रको गति | १ कक्षामा पढ्ने विद्यार्थीहरुले पनि योभन्दा त शुद्ध लेख्छन् होला । होइन् दुई चार कक्षा पढेका कर्मचारी र पदाधिकारी एनआरएनएमा छैनन् कि क्या हो? एनआरएनएमा शुद्ध लेख्नी-लेखाउनी अभियान थालौं हाम्रा इमेल इन बक्सहरुलाई खुला दिसामुक्त बनाऔं !

यसरी निम्न स्तरको गाली गलौजमा उत्रेका महासचिव लिम्बुले आफ्नो पदिय मर्यादा सम्झने त् कुरै भएन। उनले त्यति मात्र गरेनन, टुक्रिएर गएको शेष घले समुहले १२ मे मा भेला राख्ने कुरा जानकारी गराएको भन्दै संघको आधिकारिक ईमेल प्रयोग गरि कार्यसमितिमा प्रचारबाजी गरे पछि असन्तुस्टी बढेको हो।

अन्तररास्ट्रिय समन्वय परिसदमा देखिएको समस्याले ट्रान्जिसनल अबस्थामा रहेको एनआरएन यूके पूर्ण कार्यसमितिको बैठक नजिकिदै गर्दा एक सामुहिक धारणा बनाएर अगाडी बढ्नु पर्नेमा पदीय दायित्वको दुरुपरोग भएपछी संघका उपाध्यक्ष राम चन्द्र पोखरेलले उनको ईमेलको उत्तर पठाउदै महासचिब लिम्बुलाई जथाभाबी पत्राचार/ईमेल नगर्न र यस्ता पत्राचार/इमेल अन्योलता मात्र होइन संस्थाको मर्यादा तथा अनुशासन प्रतिकुल रहेकोले यी र यस्ता कार्यहरु अविलम्ब बन्द गर्न गराउन सम्बन्धित सबैमा अनुरोध गरेका छन्।

एनआरएनए युकेमा दुई धार बाहिर आएपछि संघका उपाध्यक्ष राम चन्द्र पोखरेलसंग गरिएको संक्षिप्त कुराकानी:

एनआरएन यूकेमा स्पष्ट दुई धार देखिदैछ भन्ने छ नि ?

यो धार त्यो धार भन्ने भन्दा पनि अहिलेको धेरै महत्वपूर्ण कुरा भनेको सामुहिक निकासको वातावरण बनाउन लाग्ने कुरा हो। आइसीसीमा देखिएको समस्याले गर्दा सबै सदस्य तथा शुभचिन्तकहरु चिन्तित छन्। यतिबेला सोचेर सम्झेर काम गर्नु पर्ने हाम्रो दायित्व हो।
महासचिब लिम्बुको कुन कुरामा तपाईंको असन्तुस्टी हो ?
सोसल मिडिया गालीगलौजमा उत्रिन महासचिवको पदीय दायित्वले दिदैन। एनआरएन यूकेको महासचिब एउटा व्यक्ति होइन संस्था हो, त्यसैले व्यक्तिगत रिसिबिका कारण संस्थाको ईज्जतमा आंच आउने कार्य नहोस भन्ने हो।
घले समुहको भेलाको ईमेल कार्यसमितिमा सम्प्रेषण गरेकोमा तपाईं बेखुशी हो ?
आइसीसीमा देखिएको समस्या पछि साथीहरुका बिचमा बसेर छलफल गर्ने अवसर मिलाउने प्रयास भईरहेको छ। कार्यसमितिको बैठक मिति समेत तोकि सकिएको यस अवस्थामा कुनै पनि पक्ष विपक्षमा प्रचारवाजी गर्ने समय यो होईन। यो धेरै गम्भीर ट्रान्जिसनल पिरियड हो। साथीहरुसंगको सर-सल्लाह र समझदारी बिना जे मन लाग्यो त्यहीं प्रचारबाजी गर्न महासचिवको कार्य सम्पादन भन्दा बाहिरको बिषय हो। त्यसैले यस्तो कार्य अभिलम्ब बन्द हुनु पर्छ भन्ने हो।
तपाईंको समर्थन कुन समुहलाई हो ?
मेरो नजरमा यो समुह वा त्यो समुह भन्ने छैन। गैर आवासीय नेपाली संघ एउटा सामाजिक साझा अभियान हो, नि:स्वार्थ भावनाले यस अभियानलाई अन्तिमसम्म सकेको सहयोग पुर्याउने हाम्रो कर्तब्य हो।
अझै खुलेर भन्न मिल्छ ?
मज्जाले मिल्छ, संघलाई मजबुत बनाउन सबै मिलेर काम गरौँ। यसबीचमा केहि साथीहरु टुक्रिनु भएको छ सकिन्छ भने उहाँहरुलाई पनि संगै लिएर हिड्ने बाताबरण तयार गरौं त्यसैमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको भलो हुन्छ।

© 2022 All Right Reserved DiasporaNepal