प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

प्रचण्डले दिएका अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

प्रचण्डले चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण दिन भनेको छ।

यस्तो अभिव्यक्ति दिनुको अन्तरनिहीत मनसाय के हो भन्ने प्रश्नसमेत आयोगको छ।

यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

आरजुले सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित कांग्रेसका चुनावी सभामा बोलेका अभिव्यक्तिलाई लिएर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

उनले चार/पाँच जनाका दरले वैदेशिक रोजगारीमा युवालाई पठाउने, कांग्रेसलाई मेयर नजितेका ठाउँमा बजेट नपठाउनेजस्ता अभिव्यक्ति दिएकी थिइन्।

कांग्रेस नेताका हैसियतमा यस्ता अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन भनेर आयोगले राणासँग स्पष्टीकरण सोधेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us