एनआरएनए प्रवक्ताहरु कांग्रेस र एमालेको चुनावी प्रचारमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघका प्रवक्ताहरु शुक्रवार हुने स्थानीय निर्वाचनमा गाँउगाँउमा खटिएका छन् ।

प्रवक्ताद्धय शिव कुमार वरुवाल र सोम सापकोटा संघको विधान र नियमावली विपरित आआफ्नो पार्टीको झण्डा बोकेर चुनावमा होमिएका हुन् ।

वरुवाल संघको १० औं महाविधेशन पछि गण्डकी प्रदेशमा खटिएका छन् । उनले आफ्नो फेसबुक टाइमलाइन मार्फत एमालेले गण्डकी प्रदेशका सबै पालिकामा जित्ने दावी गरेका छन् ।
यस्तै अर्का प्रवक्ता सोपकोटा चितवनमा नेपाली कांग्रेसको पक्षमा चुनावी प्रचारमा जुटेका छन् ।
गैरआवासीय नेपाली संघको विधानले संघका पदाधिकारीहरुलाई सकृय राजनीति गर्न बन्देज लगाएको छ ।

उनीहरु गत १० औं महाधिवेशनमा भागबण्डाको आधारमा प्रवक्तामा चयन भएका हुन् । संघका केही पदाधिकारीहरु यसरी खुलायाम प्रचारमा देखिएको संभवत पहिलो पटक हो । दुवै प्रवक्ताले आफ्नो तस्बिर सामाजिक संजालमा शेयर गरिरहेका छन ।

© 2022 All Right Reserved DiasporaNepal