एनआरएनए शेष घले समुह : राष्ट्रिय समन्वय परिषद्हरुको भेला बिहिबार

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) शेष घले समुह (विनोद कुँवर)को आइसीसीले आगामी मे १२ बिहिबार राष्ट्रिय समन्वय परिषद्हरुको भेला गर्ने भएको छ । शेष समुहका महासचिव जानकी गुरुङले गत आइतबार जारी गरेको पत्रमा आइसीसी भेला आयोजना गर्न लागिएको उल्लेख छ ।

महासचिव जानकी गुरुङद्धारा हस्ताक्षरित पत्रको सुरुमा कार्यकाल २०२१–२३ का सफलताको लागि नवनिर्वाचित केन्द्रीय समितिले सबै एनसीसीहरुलाई शुभकामना व्यक्त गरिएको छ ।

बिहिबार मे १२ को दिन नेपाल समय अपरान्ह ५ बजे सुरु हुने सो भेलालाई संवोधन गर्न निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले र पूर्व अध्यक्ष श्री देवमान हिराचनले सम्बोधन गर्ने बताइन्छ । जूमद्धारा उपस्थिति जनाउनका लागि मीटिङ आइडी 916 8061 9143, Passcode: 1001 उपलब्ध गराइएको छ ।


महाचिव जानकी गुरुङद्धारा प्रेषित पत्र जस्ताको तस्तैः

© 2022 All Right Reserved DiasporaNepal