प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराका चुनावी सभामा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराका चुनावी सभामा व्यस्त छन्।

स्थानीय चुनावका लागि प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो। आज राति १२ बजेदेखि चुनावी प्रचारप्रसारका कार्यक्रम गर्न पाइँदैन।

प्रधानमन्त्री देउवाले सोमबारदेखि डडेलधुरामा छन्। देउवाले आज अमरगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवाले सोमबार गन्यापधुरामा आयोजित चुनावी सभा सम्बोधन गर्दै आफू यहीँको भएकोले विकास निर्माणका काम पनि आफूले नै गर्ने बताएका थिए।

डडेलधुरामा कांग्रेसका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिँदै नेकपा एमालेसँग तालमेल गरेका छन्। जसले गर्दा कांग्रेसलाई यहाँ चुनौती थपिएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us