सिटीसी मल’ लिलामी हुने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

सुन्धारास्थित सिटिसी मल लिलाम हुने भएको छ। कर्मचारी सञ्चय कोषले सोमबार सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने जनाएको हो।

सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागेको हो।

आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।

सिटिसी मलमा  घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी छ। गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङसहित तीन जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।

कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो।

कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो।

सिभिल सहकारीका निक्षेपकर्ता  ठगी गरेको अभियोगमा तामाङलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us