कालापानी नजिकको गाउँमा हेलिकोप्टरबाट मतपत्र लगियो

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

दार्चुलाको व्याँस गाउँपालिका-१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा निर्वाचन सामग्री र कर्मचारीलाई हेलिकोप्टरमार्फत पठाइएको हो। जिल्लाको सबैभन्दा विकट क्षेत्रमा सुरक्षाकर्मी पनि हेलिकोप्टरमार्फत नै पठाइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए।

सडकबाट सामग्री पुर्‍याउन अप्ठ्यारो हुने भएपछि हेलिकोप्टरबाट सामग्री पठाइएको उनले बताए। छाङ्गरु र तिङ्कर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ। त्यसैले, निर्वाचन सामग्री लगायत कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट पठाइएको उनको भनाइ छ।

त्यससँगै तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकोप्टरमार्फत नै पठाइएको उनले बताए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us