घरधनी मार्ने राँगालाई प्रहरीले गोली हान्यो

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ।

राँगोले हानेर गम्भीर घाइते उनको सुरूमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो।

त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ।

सो राँगोले केही दिनअघिबाटै बिरामीजस्तो देखिएको थियो।

आफैँले पालेको राँगोले केही नगर्ला भनेर घरधनीले राँगा समात्न खोज्दा सो घटना हुन पुगेको स्थानीयको भनाइ छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us