युनिभर्सिटी एड्मिसन नेटवर्कस्को (UAN)आयोजनामा अष्ट्रेलिया एजुकेशन फेयर सम्पन्न

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । युनिभर्सिटी एड्मिसन नेटवर्कस् ले अष्ट्रेलिया र क्यानडाका शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई आफ्नै कार्यालयमा राखी युएएन एजुकेशन फेयरको आयोजना गरेको छ।
उक्त शैक्षिक मेलामा अष्ट्रेलिया र क्यानडाका युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूलाई प्रतिनिधित्व गर्दै एघार वटा शैक्षिक संस्थाले बिध्यार्थीहरूलाई प्रत्यक्ष रुपमै परामर्श प्रदान गरेका हुन्। बिषेशत आएल्स्, पिटीइ लगायतका टेस्ट प्रिपेसन गरिरहेका बिद्यार्थीहरूलाई मध्यनजर गर्दै युनिभर्सिटी एड्मिसन नेटवर्कस् ले यो युएएन एजुकेशन फेयरको आयोजना गरेको ब्रान्च मेनेजर शुभाष अधिकारीले जानकारी गराए ।
तीनसय भन्दा बढि बिध्यार्थीहरूको उपस्थित रहेको उक्त फेयरमा बिध्यार्थीहरूका नितान्त ब्यक्तीगत जिज्ञासाहरू मेटाउन पाउँदा फेयर सफल भएको डाइरेक्टर बिनय अधिकारीले जानकारी गराए ।

शैक्षिक मेलामा अस्ट्रेलियाको र्यान्सफोड कलेज, आरजीआइटी, किङ्सफोर्ड इन्टरनेसनल इष्टीच्यूट, सिड्नी मेट्रोपोलीटन ग्रुप, अस्ट्रेलियन टेक्नीकल कलेज बेस्टन अस्ट्रेलिया, क्राउन इष्टीच्यूट अफ हायर एजुकेशन, एप्लाइ बोर्ड लगायतका शैक्षिक संस्थाले बिध्यार्थीहरूलाई परामर्श प्रदान गरेका हुन्।

युनिभर्सिटी एड्मिसनस् नेटवर्कस् को अठार ग्लोबल अफिस दश राष्ट्रमा रहेको छ। युनिभर्सिटी एड्मिसनस् नेटवर्कस् ले पुतलीसडकमा अबस्थित रहेर नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र अष्ट्रेलिया, क्यानडा, युके, युएसए न्युजल्याण्ड लगायतका राष्ट्रहरूका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटहरू संग प्रत्यक्ष सम्बन्ध स्थापना गरी बिध्यार्थीहरूलाई भर्नाका लागि सहयोग गर्दै आएको छ।
बिध्यार्थी र अभिभावकको अनुरोधमा युनिभर्सिटी एड्मिसन नेटवर्कस् ले पुनः मे २२ तारिखका दिन यु ए एन एजुकेशन फेयर आयोजना गरीने डाइरेक्टर अधिकारीले जानकारी दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us