चुनावका बेला हवाई सेवा बन्द नहुने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्थानीय चुनावका बेला हवाई सेवा बन्द नहुने जनाएको छ । 

काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरले शुरक्षा निकायसँग शुक्रबार भएको बैठकमा विमानस्थल सुचारु हुने निर्णय भएको बताए ।

‘स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द हुँदैन,’ महाप्रबन्धक ठाकुरले भने, ‘वायुसेवाहरुले यात्रुहरुको संख्याका आधारमा उडान कटौती गर्ने उनीहरुको विषय हो तर उडान नियमति हुने छन् ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हालसम्म काठमाडौं लगायत देशभरका विमानस्थल बन्द गर्ने कुनै पनि निर्णय नभएको बताए ।

काठमाडौं लगायत देशभरका विमानस्थलमा दैनिक ३ सय हाराहारी आन्तरिक र ५० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us