भरतपुरको मेयरमा रेनु  र काठमाडौंको  सिर्जनालाई  जिताउन  आग्रह 

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले छमध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउन आग्रह गरेका छन्।

भरतपुरको मेयरमा रेनु दाहाललाई र काठमाडौंको मेयरमा सिर्जना सिंहलाई जिताउन उनले आग्रह गरेका छन्।

सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै देउवाले महिलालाई मेयरमा जिताउन आग्रह गरेका थिए।

‘भरतपुरमा रेनु र काठमाडौंमा सिर्जनालाई अत्याधिक बहुमतले जिताऔं,’ उनले भने, ‘राजधानीमै महिलालाई हरायो भने दुनियाँले के भन्लान्?’

उनले काठमाडौंमा फोहोर समस्या रहेकोले मेयर जितेको छ महिनाभित्र व्यवस्थापन गरिने पनि बताएका थिए।

‘धरानमा फोहोरबाट ग्यास निकालेको छ। काठमाडौंमा पनि फोहोरबाट ग्यास र बिजुली निकाल्न सकिन्छ,’ उनले भने।

उनले अहिलेको व्यवस्थाअनुसार कुनै एक दलको मात्रै बहुमत नआउने देखिएकोले चुनावी गठबन्धन गरिएको बताएका थिए।

उनले कुनै पनि हालतमा गठबन्धनलाई सफल बनाउनुपर्ने बताएका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us