मेयर पदका उम्मेदवारको गाडीमा आगजनी

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाण्डाै – मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो ।

गाडीमा आगो लाग्नुको कारण खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति गाडीमा आगो लागेको हो । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us