प्रधानमन्त्री  शेरबहादुर देउवा विराटनगर पुगे

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर पुगेका छन्।

कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न देउवा आज विराटनगर गएका हुन्।

कांग्रेसले आजदेखि स्थानीय चुनाव केन्द्रित सभाहरू सुरू गर्न लागेको छ। विराटनगरबाट सुरू भएको सभा वैशाख २७ मा डडेल्धुरा पुगेर सकिनेछ।

आज विराटनगरमा नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ। विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्।

प्रधानमन्त्री देउवा भोलि चितवनमा हुने चुनावी सभामा सहभागी हुनेछन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us