आईजीपी नियुक्ति विरुद्धको रिट निवेदनमा सुनुवाइ हुँदै

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :सेतोपाटी

प्रहरी महानिरीक्षक नियुक्तिको विषयलाई लिएर एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सतिषकृष्ण खरेल र हरिहर दाहाल,  अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेका छन् । यस्तै, महादेव प्रसाद यादव,, ललित बस्नेत, माधव बस्नेत, सानुराजा पोखरेल, सुनिल पोखरेल, पूर्णमान शाक्य लगायतका कानुन व्यवसायीले पनि बहसमा भाग लिँदैछन् । एआईजी पोखरेलले वारेस मार्फत रिट निवेदन दायर गरेका हुन् । पोखरेलका तर्फबाट सुनिता राउतले रिट निवेदन दर्ता गराएकी थिइन् । बुधबार सुनुवाइका क्रममा एआईजी पोखरेल पनि इजलासमा उपस्थित छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us