उपमेयर काँग्रेसबाट निष्कासित

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :अन्नपूर्ण

सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका नेपाली काँग्रेसका निवर्तमान सदस्य दीपेन्द्र विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ  । सल्यान काँग्रेसले उनलाई पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको हो । 

काँग्रेस अनुशासन समितिका संयोजक सन्तोष केसीले पार्टीका आधिकारी उम्मेदवारका विरुद्ध विष्टले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताए । उनले भने,‘पार्टी विरुद्ध लागेको हुँदा विष्ट सहित उनका समर्थक मानिने चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) निष्कासन गरिएको हो ।’ तीनै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको काँग्रेसले बताएको छ । विष्टको समूहले नेकपा एमालेसँग तालमेल गरिरहेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us