कोरोनापछिको इद

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :शिलापत्र

मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले  आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन् ।आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र पर्व मनाउँदैछन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो ।


यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि (सामान्यत द्वितीयाका दिन) त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ । सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्वबारे तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकाहीँ फरक–फरक क्षेत्रमा दिन पनि फरक पर्ने गरेको छ । यसैबीच जमलको मस्जिदमा इद उल फित्र मनाएका छन्। कोरोनाका कारण दुई वर्ष मस्जिद बन्द भएर खुलेपछि पहिलो पटक सामूहिक नमाज पढेका हुन्। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us