आईजीपी नियुक्ति विवाद : विश्वराजको रिट , बुधबार पेशी

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :सेतोपाटी

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा  रिट निवेदन दर्ता गरेका हुन् ।

सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ता भई बुधबारका लागि पेशी तोकिएका अदालतले जनाएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।

सिंहले आज  दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाएका हुन् । आईजीपी नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका अर्का आईजी सहकुल थापा भने सोमबार अदालत गएनन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us