आईजीपी सिंह र अर्यालले लगाए फुली

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :रातोपाटी

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । 

मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।


Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us