देशका विभिन्न भागमा आज  पनि वर्षा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

देशका विभिन्न भागमा आज (आइतबार) पनि वर्षा हुने भएको छ। आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ।  

यी तीन वायुको प्रभावले प्रदेश १,  मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ। 

आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश,  गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us