केपी ओलीलाई हिसाब बुझाउनुपर्छ

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिसाब बुझाउनुपर्ने बेला आएको बताएका छन्।

उनले अबका चुनावबाट कांग्रेस पहिलो शक्तिका रूपमा आउने दाबी पनि गरेका छन्।

ओलीले केही समयअघि पाँचदलीय गठबन्धन एकेक किलोको ढक भएको र एक क्विन्टलको एमालेले उनीहरूसँग एक्लै प्रतिस्पर्धा गर्ने बताएका थिए।

ओलीका अभिव्यक्तितर्फ लक्षित गर्दै आज काठमाडौंमा भएको कार्यक्रमबाट महामन्त्री शर्माले सत्तागठबन्धनका पाँच दल एकेक किलोका सुन भएको र एमाले एक क्विन्टलको आलु भएको बताए।

‘कांग्रेस पार्टी बलियो बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो- उहाँले भन्नुभयो एकेक किलोका ढक हुन् पाँचवटा दल, हामी एक्लै क्विन्टल हो भनेर,’ शर्माले भने, ‘उहाँलाई हिसाब मिलेन भने बुझाइदिनुपर्छ। हामी ५ वटा एकेक किलोका ढक नै हौं। हामी एकेक तोला हौं। क्विन्टलचाहिँ उहाँ क्विन्टल नै हो, तर एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने ओलीलाई थाहा हुन्छ वास्तविकता के हो?’

पाँच दलसँग एमाले एक्लै लड्ने भनेर ओलीले भने पनि कमल थापा बोकेर हिँडेको आरोप शर्माको छ।

‘अघिल्लोपटक पनि राप्रपाको सहारा टेकेको एमालेले,’ उनले भने, ‘सिर्जना सिंहको नेतृत्वमा हामी महानगरमा जित्दैछौं।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us