एनआरएनए ८५ औं बैठक : संरक्षक परिषद्, सल्लाहकार र आइसीसी सदस्यहरु मनोनयनको एजेण्डा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठकले संरक्षक परिषद्, सल्लाहकार र आइसीसी सदस्यहरुको मनोयननको तयारी गरेको छ । नेपाली समय अनुसार आज शनिवार पाँच बजे बस्ने संघको ८५ औ बैठकले संरक्षकहरु, सल्लाहकारहरु, मानर्थ सदस्यहरु र आइसीसी सदस्यहरु मनोनयन गर्ने एजेण्डा तय गरेको हो ।
कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उपलब्ध गराइएको एजेण्डामा उम्मेदवारी शुल्क बुझाउन वाँकी रहेका पदाधिकारीहरुलाई सपथ गराउने, विभागहरु जिम्मा लगाउने र नियुक्ती प्रक्रिया अघि बढाउदै अघि बढने तयारी छ ।
त्यसैगरी, संघको सल्लाहकारमा २१ जना मध्ये अधिकांश सल्लाहकार दोहोरिने तयारीमा रहेका छन । फेरी पनि सल्लाहकारमा मनोनयन गर्न पुरानाहरुले नै लविङ गरिरहेको बताइन्छ ।
सबै भन्दा बिवाद आइसीसी सदस्य मनोनयनमा हुने देखिन्छ । २१ जना मध्ये अध्यक्षले १५ जना मनोनयन गर्न पाउने विधानले अधिकार दिएको छ । तीन अध्यक्षले पाँचरपाँच जना भागवण्डा गरि सिफारिस गर्ने र वाँकी ६ आइएसले निर्णय गर्ने बताइन्छ । तर, तीन जना अध्यक्षहरुलाई आफुलाई निर्वाचनमा सहयोग गरेका धेरै व्यक्तिहरु समेट्नु पर्ने बाध्यता छ ।
संरक्षकमा अट्न नसकेकालाई सल्लाहकारमा, सल्लाहकार मनोनयन पर्न नसकेकालाई आइसीसीमा र त्यहाँ पनि समेट्न नसकेकालाई मानार्थ सदस्यमा थन्क्याउने संभावना रहेको एनआरएनए स्रोतले बतायो । विधान तह मानार्थ सदस्यहरु ५१ जना रहने व्यवस्था भएपनि पुर्व अध्यक्ष कुमार पन्तले १२५ जनालाई मनोनयन गरेका थिए ।
स्रोतका अनुसार तीन जना अध्यक्षहरुले आ आफ्नो नामावली प्रस्तुत गर्ने र सोहीअनुसार नियुक्ती प्रक्रिया भागवण्डामा अघि बढाइनेछ । पदका आकांक्षीहरु धेरै भएकाले केही समय यसलाई टारेर अघि बढन पर्ने हुन सक्छ, एक पदाधिकारीले भने ।
त्यस्तै, आगामी अक्टोबरमा विज्ञ सम्मेलनको मिति प्रस्ताब गरिएको छ ।