धमाधाम उम्मेदवारी फिर्ता, नलिने बागी उम्मेदवार निष्काशित हुने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित : कांग्रेस
काठमाडौं । पाँच दलीय गठबन्धनले आ आफ्ना पार्टीहरुबाट स्वतन्त्र ढंगले स्थानीय निर्वाचनमा दर्ता गराएको उम्मेदवारी समय सीमा भित्र फिर्ता लिन निर्देशन दिएको छ । समय सीमा भित्र पार्टीको निर्देशन पालन नगरे स्वत कारवाहीमा पर्ने भन्दै निर्देशन दिएका हुन् ।
यसैबीच, नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गरेको उल्लेख छ ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने जनाइएको छ ।

स्थानीय निर्वाचन स् अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय
निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोयन दर्ता गरिएको थियो । बिहीबार साँझसम्मको तथ्याङ्कअनुसार स्थानीय तह सदस्य निर्वाचनमा एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रमुखमा तीन हजार ५१८,  उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

यस्तै वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्यमा २३ हजार ८५१ र सदस्यमा ५५ हजार ७६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने स् कांग्रेस

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us