९० हजार ८३५ भोट ल्याउँछु भन्ने दाबी

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : अनलाइनखबर

काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएपछि अहिले र्‍यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छन् । काठमाडौंमा मेयर बन्ने दौडमा लामो इतिहास बोकेका पुराना पार्टी नेकपा एमाले, नेपाली कांग्रेससहितका दलबाट पनि उम्मेदवारहरु छन् ।

तर शाह चाहिँ यसपालि मतदाताले स्वतन्त्र व्यक्तिलाई जिताउनेमा ढुक्क रहेको बताउँछन् । आफ्नो टोलीमार्फत् सर्वेक्षण गरेर आसन्न स्थानीय चुनावमा प्राप्त हुने मतपरिणामको आँकलन पनि उनले गरिसकेका छन् । ‘काठमाडौंका ३२ वटै वडामा गएर प्राप्त डेटालाई एनालाइसिस गरेका छौं, त्यसबाट मैले ९० हजार ८३५ भोट ल्याउँछु भन्ने देखिएको छ’ उनी दाबीका साथ भन्छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us