स्थानीय निर्वाचन : बागीलाई उम्मेदवारी फिर्ता लिन आग्रह, नलिए कारवाही

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका आ आफ्ना उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र ‘निर्वाचन तयारी तथा अनुगमन समिति’का संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गरिनेछ ।

उनले भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उनीहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।”

उनले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् ।

मल्ललाई कारबाही

नेपाली काँग्रेसले पार्टीको डडेल्धुरा जिल्ला कार्यसमितिका निवर्तमान सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधानविपरीतका कार्य गरेकाले नेता मल्ललाई पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको हो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us