जिम्बाब्वेको टोलीसँग खेल्ने नेपाली क्रिकेट टोलीको फिटनेस परीक्षण

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

जिम्बाब्वेको ए टोलीसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको मंगलबार फिटनेस परीक्षण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु भएसँगै फिटनेस परीक्षण गरेको हो । 


टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको हो । यद्यपि श्रृखंलाका लागि टोलीले बुधबारबाट अभ्यास थाल्नेछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यस अघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुशन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । आयोजक नेपालले  टोली जिम्मेबाब्वे ए टोलीसँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दै छ । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

© 2022 All Right Reserved DiasporaNepal