माओवादी केन्द्रको छुट्टै उम्मेदवारी

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्वीर:हिमालखबर

बाँकेमा सोमबार उत्साहजनक रूपमा  मनोनयन दर्ता भएको छ।  मनोनयन दर्ता गर्दा दलहरू आफ्ना दलबलसहित पुगेका थिए। 

नेपालगन्ज उपमहानगरपालिकामा करिब दुई दर्जन उम्मेदवारले प्रमुख र उपप्रमुख पदमा मनोनयन दर्ता गराए।

गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरूद्धिन राईले मनोनयन दर्ता  गराएका छन्। 

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराए।

यहाँ माओवादी केन्द्रले पनि गठबन्धनको भावना विपरित एकल उम्मेदवारी दर्ता गराएको छ। नेकपा माओवादी केन्द्रका टंक धामीले प्रमुख र तारा रोकायले उपप्रमुख पदमा मनोनयन दर्ता गराएका छन्। 

त्यस्तै आइतबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगर प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले मनोनयन दर्ता गराएका थिए।

बाँकेको ८ वटै स्थानीय तहमा सोमबार कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us