सरकार सार्वजनिक विद्यालय सुधार्ने अभियानमा छ

सरकार सार्वजनिक विद्यालय सुधार्ने अभियानमा छ

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

photo : onlinekhabar

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि सरकारले जोड दिइरहेको समेत बताए । उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताए । 

उनले नीजि क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्ने बताए । उनले भने, ‘खाली उहाँहरुलाई राज्यको कानून, राज्यले तोकेका कतिपय प्रक्रिया र प्रणालीभित्र रहेर लिइएको शुल्कलाई अधिकतम नगरीकन न्यूनतम शुल्कमा पढाउने र शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा होइन कि सेवा दिने संस्थाको रुपमा निजीले गर्नुस् भनेर उहाँहरुलाई हामीले भनेका छौँ । त्यसो भएर हामी नीजि र सार्वजनिकलाई जुधाउने होइन, नीजि र सार्वजनिकलाई सँगै लैजाने र निजीलाई ध्यान दिनुपर्छ ।’  उनले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us