एनआरएनए मतदाता नामावली प्रकाशित, निर्वाचन २० अक्टोबर हुने संभावना

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


डेलिगेट्सको नामावली थाहा पाउँन यहाँ क्लिक गर्नुहोस

लण्डन । गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) को प्रारम्भिक नामावाली प्रकाशन भएको छ। गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनएको निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली उपलव्ध गराएपछि प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
गैर आवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स)को प्रारम्भिक नामावली संघको वेभसाईट मार्फत सार्वजनिक गरिएको छ। पहिलो चरणमा नाम प्रकाशित भएका मध्ये कागजपत्र नमिलेका प्रतिनिधिहरुले आगामी सेप्टेम्बर १२ सम्म सच्याउन सकिने अवधि तोकिएको छ ।
संघले पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । चार मुलुकहरु बेलायत, अमेरिका, अष्ट्रेलिया र जापान बाहेक बाँकि २५ प्रतिशतको नामावली बुधबार सार्वजनिक गरिने निर्वाचन समिति सदस्य चिरन्जीवि ढकालले जनाए ।
एकै देशबाट फरक फरक नामावली प्राप्त भएका बेलायत, अष्ट्रेलिया, अमेरिका र जापानको हकमा २५ प्रतिशतको विषयमा सहमति कायम हुन नसके तीन दिन भित्र विधान व्याख्या समितिले अन्तिम निर्णय गर्ने एनआरएनए स्रोतले बतायो ।
चार देशबाट वर्तमान कार्यसमिति, निर्वाचन समिति र निवर्तमान कार्यसमितिबाट छुट्टाछुट्टै नामावली केन्द्रमा पुगेपछि विवाद भएको थियो । २५ प्रतिशतमा विवाद भएपछि उपाध्यक्ष मन केसीलाई अष्ट्रेलिया र अमेरिकार तथा कोषाध्यक्ष महेश श्रेष्ठलाई बेलायत र जापानको विवाद समाधान गर्ने जिम्मा दिएपछि समयसीमा भित्र कुनै पनि मुलुकमा समस्या समाधान हुन सकेको थिएन । अव आइइएसको बैठकको म्याण्डेट अनुसार विधान ब्याख्या समितिले विवादको छिनोफानो गर्नेछ ।
स्रोतका अनुसार चार देशका २५ प्रतिशत विवाद समाधान हुन नसके पनि संघ निर्वाचनमा जाने गरि तयारी गर्न अध्यक्ष पन्तले निर्वाचन समितिलाई अनुरोध गरेका छन । संघको निर्वाचन समितिका सदस्य सचिव भूषण घिमिरेले मतदाता नामावली प्रकाशन भएपछि निर्वाचनको मिति केहि दिनमा घोषणा गर्ने तयारी निर्वाचन समितिले गरेको छ । निर्वाचन समिति स्रोतका अनुसार आगामी २० अक्टोबरमा निर्वाचन मिति तय हुने संभावना बढेर गएको छ ।
संघका महाधिवेशनमा विश्वभरिका ६४ देशबाट ३५ सय बढी प्रतिनिधि सहभागि हुने छन् ।
फेस भेरिफिकेशन
एनआरएनएले डेलिगेट्सलाई भेरिफिकेसन प्रक्रियालाई तीव्र रुपमा अघि बढाउने भएको छ । स्रोतका अनुसार इमेल र फेस भेरिफिकेसन दुवै कार्यलाई सँगसगै अघि बढाउने तयारी गरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal