गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिए

गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिए

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ।  गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए । 

‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’ यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए।

‘काँग्रेसले आफ्नो कुरा स्वभाविकै रुपमा राखिसक्यो। हामी अन्तिमसम्म पनि मिलेर जाने प्रत्यत्न गर्ने छौ’ थापाले भने,‘अब काँग्रेस बाहिरिएपनि गठबन्धनका अन्य दलसँग तालमेल गर्ने छौ।’ यस अघि निर्वाचनमा काँग्रेसले ९ र माओवादीले २ स्थानीय तह जितेका थिए। गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us