बेलायत, अमेरिका, जापान र युएईको समस्या समाधान गर्ने जिम्मा क्षेत्रीय संयोजकहरुलाई

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्षेयीय संयोजकहरुलाई बेलायत, अमेरिका, जापान र युएई राष्ट्रिय समन्वय परिषद्मा देखिएको समस्या समाधान गर्न जिम्मा दिइएको छ । कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको पदाधिकारीहरुको शनिवारको बैठकले चार समन्वय परिषद्मा देखिएका समस्या समाधान गर्न क्षेत्रीय संयोजकहरुलाई ३० अप्रिलको समय सीमा तोकेर जिम्मेवारी दिइएको हो ।

बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा संघको तर्फबाट सहभागी गराउनको लागि युवा उपाध्यक्षहरुको समन्वयमा सबै पक्षलाई सहभागी गराउनको गर्ने निर्णय गरेको छ।
त्यस्तै, बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न वाकी रहेका एनसीसीहरु बेलायत, अमेरिका, जापान र युएई तथा उम्मेदवारी शुल्क बुझाउन वाँकी पदाधिकारीहरुलाई समेत पैसा बुझाउन आग्रह गरेको छ । बैठकले समय सीमा भित्र शुल्क नतिर्ने पदाधिकारीहरुलाई विधानअनुरुप कारवाही गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा ‘अन्तराष्ट्रिय समन्यन परिषद २०२१ – २०२३’ संचालन सम्बन्धी कार्यविधि निर्देशिका बारेमा छलफल भएको छ । सो कार्यविधिमा छलफलमा आएका सुझावसहित आगामी आइसीसी बैठकमा पेश गरि पारित गर्ने निर्णय भएको छ ।

बैठकले विधान अनुरुप गठन हुने क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरुसंग समन्वयन गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजत्वमा गठित समितिलाई जिम्मेवारी दिएको छ । बैठकले स्मार्ट एनआरएन कमिटिको संयोजकको जिम्मेवारी महासचिव डा. केशव पौडेललाई दिएको छ ।
यस्तै बैठकले संघको आगामी ११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने निर्णय गरेको छ ।

बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहकार समिति, संरक्षक परिषद गठन लगायतको विषयमा अगामी आइसीसी बैठकमा एजेण्डाको रुपमा पेश गर्ने सुझाव दिएको छ । बैठकको अध्यक्षता गर्दै आचार्यले केही दिन अघि जारी गरेको संघको आधिकारीक विज्ञप्तीमा आफुले काम गरेको कम्पनीको नाम समेत भुलवस जोडिएको भन्दै माफि मागेको एक पदाधिकारीले बताए । उनले बेलायत प्रधानमन्त्री बोरिस जोनसनलाई नेपाल भ्रमणको निम्ता दिएको विज्ञप्तीमा उनको कम्पनी होलीकाउको समेत नाम रहेको थियो ।
बैठकमा अध्यक्षद्धय रविना थापा डा. बद्री केसी, सहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरुको उपस्थिती थियो । बिधुतिय माध्यमबाट करिब ६ घण्टा चलेको बैठकमा ८० जना पधाधिकारीहरुले आआफ्नो भनाईहरु राखेको प्रवक्ता सोम सापकोटाले बताए ।

© 2022 All Right Reserved DiasporaNepal